गुराँस लाईफ इन्स्योरेन्सको हकप्रद स्वीकृत

0
Shares

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी (GLICL) को हकप्रद स्वीकृत भएको छ। बोर्डले मंगलबार गुराँस लाईफलाई एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब कायम गर्नुपर्ने बाध्यतामा रहेको कम्पनीले आफनो चुक्ता पूँजी बराबर अर्थात ९३ करोड ५० लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ५० हजार २०० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो।

बोर्डबाट अनुमति पाएसँगै गुराँस लाईफले अब हकप्रद निष्काशनका लागि बुकक्लोज र हकप्रद निष्काशन मिति तोक्नेछ। हकप्रद बिक्रीका लागि कम्पनीले यसअघि नै एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ।

धितोपत्र बजारमा माघ २१ गते मंगलबार कम्पनीको शेयर ७३६ रुपैयाँमा कारोबार भएको छ।