बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य बुधबार ८०० रुपैयाँले घटेर प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरि चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया