शेयर बजारमा सुधार, सिभिल बैंकको माग बढ्दा सर्पोटमा सर्किट

0
Shares

गत सातादेखि निरन्तर बढेको शेयर बजारमा मंगलबारको करेक्सनपछि बुधबार पुन सुधार आएको छ । अधिकांस उप समूह सकारात्मक रहेको बजारमा सिभिल बैंकको उच्च कारोबार भएको छ भने सर्पोटमाइक्रोको शेयर मूल्य बढेर सर्किट लागेको छ।

बुधबार नेप्से सूचक ५.३१ अंकले बढेर १३४२.३६ अंकमा पुगेको छ । कारोबारमा आएका अधिकांस उपसूमहका सूचकमा सुधार आएपछि बजार बढेको हो । १२ उपसूमहकाको कारोबार भएकोमा आठ उपसूमहको सूचक बढेको छ ।

बजारमा उतारचढाब भइरहदा कारोबार रकमले भने निरन्तर साथ दिइरहेको छ । अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दै आफ्नो फोर्टफोलियो बदल्ने क्रमलाई तिब्रता दिएकाले कारोबारमा उत्साह कायमै छ ।

बुधबार नेप्सेमा १७७ कम्पनीका ३२ हजार ६० हजार कित्ता शेयर खरीद बिक्री भएका छन्। यसदिन एक अर्ब ८ करोड बराबरको शेयर किनबेच भयो । कारोबार रकम ४९ करोड कम हो ।

सबैभन्दा धेरै सिभिल बैंकको १३ करोड बढीको शेयर किनबेच भएको छ । नागरिक लगानीकोष र गुराँस लाइफ पनि उच्च कारोबार हुने तीन कम्पनीमा परेका छन् ।

सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य बढेर सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य झण्र्ड दश प्रतिशतले बढ्यो । सिभिल, नागरिक लगानीकोष लगायतको मूल्य पनि बढेको छ । सबैभन्दा धेरै नेशनल हाइड्राको शेयर मूल्य ६ प्रतिशत बढीले घट्यो।