राष्ट्र बैंकले सामाजिक सञ्जाल मार्फत हुने कारोबार छिट्टै व्यवस्थित गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल मार्फत हुने वित्तीय कारोबार औपचारिक माध्यमवाट गराउन उपयुक्त व्यवस्था गर्ने भएको छ । केन्द्रीय बैंकले सामाजिक सञ्जाल मार्फत ५ अर्ब रुपैयाँ भन्दा धेरै कारोबार अनौपचारिक माध्यमवाट हुने गरेकोमा त्यसलाइ औपचारिक माध्यममा ल्याउनका लागि आवश्यक व्यवस्था गर्ने भएको हो ।

सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनलाई रोक्न नसकिने भन्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्रले अनौपचारिक कारोबारलाइ बौधानीक बनाउने प्रयास गरेको बताए । “करिब ५ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार अनौपचारिक माध्यम मार्फत भएको छ,” मिश्रले भने,“राष्ट्र बैंकको काम विज्ञापन गर्न दिने वा रोक लगाउने होइन, अनौपचारिक माध्यमवाट भएको कारोबारलाई बैधानीक माध्यवाट होस भनेर राष्ट्र बैंकले चासो देखाएको हो ।” यसलाई बैधानीक माध्यममा ल्याउनका लागि आगामी १५ देखि २० दिनसम्ममा केन्द्रीय बैंकले ठोस कदम चाल्ने समेत उनले जानकारी दिए ।

यूटुवमा भिडिओ अवलोकनकर्ताको आधारमा आम्दानी हुने बताउदै उनले त्यो पैसा कुन माध्यमवाट आएको छ भन्ने कुनै जानकारी नभएको हुनाले पनि त्यसलाई व्यवस्थित गरेर बैधानीक बाटोमा ल्याउन खोजिएको हो ।

मिश्रका अनुसार कुनै पनि वेव साइट सञ्चालन गर्दा दर्ता तथा नविकरणका लागि डलर भुक्तानी गर्नु पर्छ । “त्यो पैसा भुक्तानीको माध्यम के हो ?”मिश्रले भने,“फेसबुक वुस्ट, साइट बुस्ट, दर्ता तथा नविकरण र विज्ञापनकै लागि समेत खर्च गर्ने बैधानीक माध्यमका लागि हामीले काम गरीरहेका छौ, केही दिनमा त्यो व्यववस्थित र सहज हुन्छ।”

नेपालमा रहेर विश्वका अन्य मुलुकहरुका लागि सूचना प्रविधिको क्षेत्रमा काम गरेका आइटी इन्जीनियरहरुले सामाजिक सञ्जाल मार्फत गरेका कामको भुक्तानी कसरी लिइरहेका छन भन्ने कुनै जानकारी छैन् । त्यसैले पनि त्यो क्षेत्रमा विदेशी मुद्राको कारोबार उच्च रहेको हुनाले त्यसलाई बैंधानीक माध्यम मार्फत गर्न खेजिएको उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकले एक साता अघि मात्र सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरी विज्ञापन गराए गैरकानुनी हुने भन्दै सूचना जारी गरेको थियो । विदेशी मुद्रा खर्चेर समाजिक सञ्जालमा विज्ञापन गराएको विगोको ३ गुणासम्म जरिवाना लाग्ने भएको हो ।

सामाजिक सञ्जाल र अनलाइन मार्फत गरिने विज्ञापन प्रकाशन प्रसारण बापतको भुक्तानी तथा प्राप्ति अनौपचारिक माध्यमबाट गरेमा गैरकानूनी हुने केन्द्रीय बैंकले जनाएको थियो ।