राष्ट्रियस्तरमा पुगेको शाइन रेसुङ्गाले पनि दियो वाणिज्य बैंकहरुलाई चुनौति

0
Shares

पूर्णिमा र भार्गव विकास बैंकलाई गाभेर राष्ट्रियस्तरको विकास बैंकमा बढुवा भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा ३० करोड ८ लाख नाफा कमाएको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ५१.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तीन विकास बैंक मर्जर भएर बनेको बैंक केहि वाणिज्य बैंकहरुलाई चुनौति दिने अवस्थामा पुगेको देखिन्छ ।

बैंकको यस अवधिको वितरण योग्य नाफा २५ करोड ३६ लाख रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढेको हो। बैंकको खुद ब्याज आम्दानी ४० करोडबाट बढेर ६८ करोड पुगेको छ।

समीक्षा अवधिमा बैंकले २६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकले जगेडा कोषमा ८७ करोड ३५ लाख रुपैयाँ राखेको छ। रिनेट अर्निडमा ५३ करोड छ।

बैंकको खराव कर्जा ०.६१ प्रतिशत छ। प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.१६ गुणा छ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असोज २७ गते सोमबारदेखि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोबार थालेको थियो।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ः१ (२५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजनामा छ।