ऋणात्मक बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

शेयर बजार परिसूचक नेप्से ऋणात्मक भएपनि साताको अन्तिम दिन बिहीबार तीन कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । बजार ऋणात्मक भएपनि कारोबार रकम आज पनि एक अर्ब नाघेको छ ।

ग्रीन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसैगरि प्रोगेशिभ फाइनान्स, हिमालयन पावर पार्टनर, बेष्ट फाइनान्स, गुँरास लघुवित्त, सेन्ट्रल फाइनान्स, बरुण हाइड्रोपावर, र बोर्डलर्स नेपाल तराईको शेयरमूल्य क्रमश ४ देखि २ प्रतिशतसम्म बढेको छ।

बिहीबार नेपाल फाइनान्सको शेयरमूल्य ९.५५ प्रतिशतले घट्दा ज्योति विकास बैंक ४ प्रतिशत, मिथिला लघुवित्त, युनिभर्सल पावर पार्टनर, रिडी हाइड्रोपावर, सिभिल बैंक, आँखुखोला जलविद्युत्त, नेशनल हाइड्रो, लक्ष्मी लघुवित्त, र जानकी फाइनान्सको शेयरमूल्य पनि ३ प्रतिशत बढीले घटेको छ ।

यसदिन १७५ कम्पनीको १ अर्ब ४ करोड ९३ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । २८ लाख १ हजार ८०३ कित्ता शेयर १३ हजार १३७ पटक खरीद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो। बुधबार नेप्से सूचक ५.३१ अंकले बढेर १ हजार ३४२ दशमलव ३६ अंक कायम रहँदा एक अर्ब ८ करोड बराबरको शेयर किनबेच भएको थियो।

कारोबारमा आएका कम्पनीमध्ये ११७ कम्पनीको शेयरमूल्य घटेको छ । कारोबारमा आएका उत्पादन र जीबन बीमा उपसमूहका सूचक सामान्य रुपमा सकारात्मक भएपनि बाँकी दशवटै सूचक ऋणात्मक रहे। होटल र निर्जीबन बीमाको सूचक १ प्रतिशत बढीले ऋणात्मक भएको छ ।

गुँरास लाईफ इन्स्योरेन्सको आज सर्बाधिक कारोबार भएको छ । इन्स्योरेन्सको ४ करोड ५८ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो। नेपाल लाईफ ३ करोड ८५ लाख, प्रभु बैंक ३ करोड ३३ लाख, प्राइम लाईफ ३ करोड २९ लाख, एनआईसी एशिया ३ करोड २१ लाख, र नेपाल इन्स्योरेन्सको ३ करोड १९ लाखको शेयर कारोबार भयो।