नेपाल फाइनान्सको नाफा घट्यो, अन्य वित्तीय अवस्था भने सुधारिँदै

0
Shares

नेपाल फाइनान्स (NFS) को खुद नाफा घटेको छ। गत आर्थिक वर्षको मुनाफाबाट २ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड २७ लाख नाफा कमाएको हो। फाइनान्सको वितरण योग्य मुनाफा २ करोड ७ लाख रुपैयाँ रहेको छ।

फाइनान्समा नयाँ व्यवस्थापन आएपनि नियमित सञ्चालनमा आएको छोटो समयमात्र भएका कारण फाइनान्सले ५० लाखमात्र कर्जा लगानी गरेको छ । मुख्य आम्दानी खुद ब्याज आम्दानीमा वृद्धि नभएका कारण कारण फाइनान्सको नाफा प्रभावित बनेको हो।

पुस मसान्तसम्ममा ४ करोड २२ लाख बचत संकलन गरेको यस फाइनान्सले ५० लाख मात्र कर्जा लगानी गरेको छ । यसबाट फाइनान्सको खुद ब्याज आम्दानी १ करोड ४३ लाख भएको छ भने कर्जा र अन्य नोक्सानीमा व्यवस्थाप गरेको १ करोड ४४ लाख फिर्ता आउँदा फाइनान्सको नाफा बढेको हो।

चुक्ता पूँजी २२ करोड ७ लाख रुपैयाँ रहेको यस फाइनान्सको प्रतिशेयर आम्दानी वार्षिक १० रुपैयाँ रहेको छ । जगेडा कोषमा १९ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको फाइनान्सको शेयरधनी कोष भने १४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ।

फाइनान्सको खराब कर्जा अनुपात १०० बाट घटेर ९४.६१ प्रतिशतमा झरेको छ । यस्तै पूँजीकोष अनुपात ३४.०७ प्रतिशत, प्रतिशेयर नेटवर्थ ८७.५३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.३ गुणा छ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्थाको सूचीबाट हटाए पछि गत मंसिर २६ गतेदेखि नेपाल फाइनान्सले बिहीबारदेखि व्यवसायिक कारोबार सुरु गरेको थियो। जनरल फाइनान्सको व्यवस्थापनमा प्रवेश गरेर बेष्ट फाइनान्सका नाममा व्यवसायिक कारोबार गराएका उद्धव राज थपलियाको नेतृत्वमा अहिले नेपाल फाइनान्स सञ्चालनमा रहेकाले पनि फाइनान्सले पुर्नजीबन पाउने अपेक्षा गरिएको छ।