नाफा घटेको सानिमा लाइफको बीमा कोष भने मजबुत बन्यो

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स (SLI) को नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस त्रैमासमा ८ लाख ९५ हजार रुपैयाँले घटेको छ। यद्यपी यस अवधिमा कम्पनीको जीबन बीमा कोषको आकार भने १२३ प्रतिशतले बढेको छ।

शुक्रबार सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीले ४ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तले ४ करोड ८९ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ।

समीक्षा अवधिमा १४ करोड ३३ लाख रहेको जीवन बीमा कोष रकम ३६८.०९ प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५३ हजार रुपैयाँले बढेर ६७ करोड ८ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।  गत आवको यसै अवधिमा ११ हजार १६ रहेको जारी बीमालेखको संख्या बढेर २३ हजार २७१ पुगेको छ । बीमालेख धेरै जारी गर्दा बीमाकोषमा रकम बढेको हो।

सर्वसाधारणमा ६० करोड बराबरको प्राथमिक शेयर जारी गर्ने प्रकृयामा रहेको यस कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६.८७ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको जगेडा कोष रकममा ४७ लाख ८ हजार रुपैयाँले कमी आएको छ । गत आवको दोस्रो त्रैमासमा १० करोड ४२ लाख १६ हजार रुपैयाँ रहेको जगेडा कोष ९ करोड ९५ लाख ८ हजार रुपैयाँ रहेको छ। यस्तै महाविपत्ति कोषमा १ करोड १० लाख रुपैयाँ रहेको छ।
इन्स्योरेन्स कम्पनीले यस अवधिमा दीर्घकालीन लगानी तथा कर्जामा ४५ करोड ९० लाख र बीमालेख धितोमा ४३ लाख ५४ हजार र अन्य दीर्घकालीन कर्जा पनि ४५ लाख ७२ हजार रुपैयाँ प्रवाह गरेको छ । यसबाट कम्पनीले २ करोड ७ लाख २ हजार आम्दानी गरेको छ।

यस अवधिमा यस कम्पनीले १६ करोड ८४ लाख रहेको खुद बीमाशुल्कलाई ४० करोड ७३ लाख ४८ हजार पुगेको छ। दोस्रो त्रैमासमा ४१ करोड ११ लाख कूल बीमाशुल्क आर्जन गरेकोमा यस अवधिसम्ममा ९३ करोड ९५ लाख आर्जन गरेको छ। यस अवधिमा ७ वटा दाबी भुक्तानी वापत १० लाख ५७ हजार खर्च गरेको छ । गत आवको यसै अवधिमा दाबी भुक्तानी शुन्य रहेको थियो।