एनसीसी बैंकको नाफा डेढ करोड बढ्यो, ६ महिनाको कमाई साढे ७५ करोड

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमासमा ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा भन्दा एक करोड ६४ लाख रुपैयाँ मात्र धेरै हो ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७३ करोड ९८ लाख खुद नाफा गरेको थियो । बैंकको ६ महिनाको वितरण योग्य नाफा ५२ करोड ५२ लाख ६० हजार रुपैयाँ छ ।

यसबाट बैंकले आफ्ना शेयरधनीलाई वार्षिक १२.९२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता कायम भएको छ। एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

यस अवधिसम्म बैंकले ६३ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको भने १ अर्ब ५ करोड ९३ लाख संचालन मुनाफा गरेको छ।

८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ र शेयर प्रिमियममा १६ करोड ९८ लाख रुपैयाँ रहको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा कायम भएको छ। यस बैंकको निष्क्रिय कर्जा २.८२ प्रतिशत रहेको छ।  बैंकको कोषको लागत घटेर ७.५० प्रतिशत, आधारदर १०.५८ प्रतिशत, स्प्रेड ५.१८ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७६.६० प्रतिशत छ।