आशा लघुवित्तको बोनस र बुटवल पावरको नगद लाभांश वितरण

0
Shares

आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर र बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरि साधारण सभाबाठ अनुमोदन भएको नगद लाभांश वितरण भएको छ । दुबै संस्थाले आइतबार एक सूचना जारी गर्दै उक्त लाभांश वितरण गरेको जनाएको छन्।

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को गत कार्तिक ७ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट १२ प्रतिशत बोनस पारित भएको थियो। उक्त बोनस असोज १४ गतेसम्म शेयर डिम्याट गरेका लगानीकर्ताको खातामा वितरण गरिएको हो।

त्यसैगरि बुटवल पावर (BPCL) को पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पारित भएको थियो। सो मध्येको नगद लाभांश माघ २६ गते आइतबारदेखि लगानीकर्ताको डिम्याट खातामा उल्लेख भएको बैंक खातामा शेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत पठाउन सुरु गरिएको हो।

हालसम्म पनि कागजी शेयर धारण गरेका लगानीकर्तालाई डिम्याट गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका लगानीकर्ताले अद्यावधिक नगरेसम्म बोनस तथा लाभांश प्राप्त नहुने भएकाले शेयरधनीले आवश्यक प्रकृया पूरा गर्न सबैजसो कम्पनीले आग्रह गर्दै आएका छन्। शेयरधितो लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र लाभांश आफ्नो खातामा प्राप्त गर्न सक्दछन्।