एनसीसी बैंकद्धारा तीन अर्ब अर्बको ऋणपत्र निष्काशन माग

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
बैंकले एक हजार पैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि माग गरेको बोर्डले जनाएको छ। ऋणपत्र निष्काशन गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।

कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्नेछ।
बैंकले जारी गर्ने दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक साढे १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन्।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटिरहेका छन्।