सेञ्चुरी बैंकका ग्राहकले मौर्या होटेलमा १२ प्रतिशतसम्म छुट पाउने

सेञ्चुरी बैंकका ग्राहकले मौर्या होटेलमा १२ प्रतिशतसम्म छुट पाउने

सेञ्चुरी कमर्सियल बैंक (CCBL) र भैरहवामा रहेको मौर्या होटेल बीच सम्झौता भएको छ।

नेपाल भ्रमण बर्ष २०२० लार्ई लक्षित गर्दै बैंकले मौर्या होटलमा आफ्ना ग्राहक तथा संस्थापक शेयरधनीले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, लौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशत सम्म छुट पाउने सम्झौता गरेको हो।

उक्त सम्झौता पत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र मौर्या होटेल ब्यावस्थापकीय संचालक रामबहादुर कोइरीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: २६ माघ २०७६, आइतबार १९ : २१ बजे