सहयोगी विकास बैंकको खुद नाफा ५ करोड ६२ लाख

0
Shares

सहयोगी विकास बैंक (SLBBJ) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा बैंकले ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सिटिजन्स बैंकसँग प्राप्ती प्रकृयामा रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६ पैसा रहेको छ । बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख, जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ६८ पैसा रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाहबाट ३ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तै बैंकको सञ्चालन नाफा ८ करोड २ लाख रूपैयाँ छ।

मूल्य आम्दानी अनुपात ८.९३ गुणा बैंकको खराब कर्जा अनुपात ०.३१ बिन्दुले घटेर १.३२ प्रतिशतमा झरेको छ। यस्तै बैंकको आधार ब्याजदर १०.२६ प्रतिशत, कोषको लागत ७.५५ प्रतिशत, पूँजीकोष अनुपात १९.७२ प्रतिशत र स्प्रेडदर ६.०७ प्रतिशत रहेको छ ।

सिटिजन्स बैंक र सहयोगी विकास बैंकले गत असार तेस्रो साता मर्जर प्राीती सम्झौता गरेका थिए।