वाणिज्य बैंकहरुसहित कर्मचारी संचयकोष र नागरिक लगानीकोषलाई पनि ब्रोकर लाइसेन्स

0
Shares

नेपाल धितोपत्र बोर्डले वाणिज्य बैकहरुले मात्र नभई कर्मचारी संचयकोष र नागरिक लगानीकोष जस्ता विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले समेत धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था छ ।

बोर्डले धितोपत्रव्यवसायी (धितोपत्रदलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ लाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

“क” बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमति पत्रप्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था गरिएको छ ।

संशोधन भएको नियमावलीमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले अर्को धितोपत्र दलाल तथा व्यापारीलाई प्राप्तिगर्न वा गाभ्न/गाभिन सक्ने, धितोपत्र दलालले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने तथा धितोपत्र व्यापारीले धितोपत्र दलाल, योग्य संस्थागत लगानीकर्ता र धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्न सक्ने व्यवस्था थप गरिएको बोर्डले जनाएको छ ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडा कोष राख्नु पर्ने तथा धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

साथै सम्पत्ति शुद्धीकरण सम्वन्धी प्रचलित कानून बमोजिम धितोपत्र दलालव्यवसायीको स्वामित्व ग्रहण गर्ने व्यक्तिको लगानीको स्रोत खुलाउनु पर्र्नेे व्यवस्था पनि गरेको छ।