प्रभु लाइफको बीमा शुल्क आर्जनमा ११० प्रतिशतको प्रगति

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्ष २०७६/७७ को दोस्रोे त्रैमाससम्म ३१ करोड २६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ११० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १४ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले कुल ६० वटा दाबीको ९५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ । अभिकर्ता कमिसन ५ बापत ५० लाख ७२ हजार खर्च गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १४ करोड ११ लाख, जीवन बीमा कोषमा ५१ करोड ९० लाख रुपैयाँ छ।

कम्पनीले पुसमसान्तसम्म ३ करोड ५८ लाख खुद मुनाफा गरेको छ। कम्पनीको नाफा ३५.७९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ७४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.४३ गुणा, प्रतिशेयर नेटवर्थ १११.८६ रुपैयाँ छ ।