सुन चाँदी दुबैको भाउ सस्तियो

0
Shares

सुन चाँदी दुबैको भाउ बुधबार सस्तिएको छ। सोमबारको तुलनामा मंगलबार १०० रुपैयाँले तोलामा सस्तिएको सुनको भाउ बुधबार थप २०० रुपैयाँले घटेको हो। चाँदीको भाउ मंगलबार स्थीर रहेकोमा बुधबार भने प्रतिातोला ५ रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य ७५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। यस्तै तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ८७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ७५ हजार ९०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला दिनहरुमा सुन चाँदी दुबैको भाउमा उतार चढाव आइरहेको महासंघले जनाएको छ । अन्तराष्ट्रिय स्तरमा निर्धारण हुने सुनको भाउ अनुसार नेपालमा आइतबारदेखि शुक्रबारसम्म सातको ६ दिन सुनचाँदीको भाउ निर्धारण हुँदै आइरहेको छ ।

शनिबार भने सार्वजनिक विदा हुने हुनाले शुक्रबार निर्धारण भएको भाउमा नै कारोबार हुने गरेको छ।