सिर्जना फाइनान्सको खुद नाफा ३३.६३ प्रतिशतले घट्यो, खराब कर्जा उच्च

0
Shares

सिर्जना फाईनान्स (SFFIL) को आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा खुद नाफा अघिल्लो आवको तुलनामा ३३.६३ प्रतिशत अर्थात एक करोड ५८ लाख ४२ हजार रुपैयाँले घटेको छ ।  गत आवको पुस मसान्तसम्ममा ४ करोड ७१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा ३ करोड १२ लाख ६५ हजार रुपैयाँमा संकुचित बनेको हो।

फाइनान्सको खुद ब्याज आम्दानी ७ करोड बढीले बढेपनि उच्च रुपमा फाइनान्समा रहेको खराब कर्जा वापत व्यवस्थापन, बढ्दो कर्मचारी खर्च र सञ्चालन खर्च र अन्य सञ्चालन आम्दानी ह्वात्तै घटेका कारण फाइनान्सको नाफा प्रभावित बनेको हो।

पुस समान्तसम्ममा फाइनान्सले ७ अर्ब ३१ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरको फाइनान्सले ६ अर्ब १७ करोड ६४ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यसबाट फाइनान्सले गत आवको यसै अवधिको तुलनामा ७ करोड ३७ लाख ६८ हजारले खुद ब्याज आम्दानी बढाएर १३ करोड ४९ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

खराब कर्जा अनुपात ३.२४ प्रतिशत रहेको फाइनान्सले खराब कर्जा वापत ६ करोड ३० लाख ९२ हजार रुपैयाँ व्यवस्थापन गरेको छ भने फाइनान्सको अन्य सञ्चालन आम्दानी ६ करोड ८९ लाख ५८ हजारबाट ५६ करोड ५० लाख ७५ हजार घटेर ३८ लाख ८२ हजारमा संकुचित बनेको हो। यसको सोझो असर कम्पनीको खुद नाफामा परेको छ।

यस अवधिमा फाइनान्सले ४ करोड ४६ लाख ६५ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २ करोड २६ लाख ३२ हजार रुपैयाँले कम हो।

हकप्रद निष्काशनबाट चुक्ता पूँजी ४६ करोड ८ लाखबाट वृद्धि गरि ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँ पुर्याएको फाइनान्सको फाइनान्सको प्रतिशेयर आम्दानी ११.९७ रुपैयाँ घटेर ८.४८ रुपैयाँमा झरेको छ। गत आवको यसै अवधिमा फाइनान्सको २० रुपैयाँ ४५ पैसा रहेको थियो।

फाइनान्सको जगेडा कोष १३ करोड ८० लाखबाट १३ करोड ७७ लाखमा झर्दा शेय।रधनी कोष भने २७ लाख ७१ हजार रुपैयाँबाट बढेर १६ करोड १७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर नेटवर्थ १४२.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५२ प्रतिशत, पूँजीकोष अनुपात १४.८१ प्रतिशत,कस्ट अफ फण्ड ८.७९ प्रतिशत र आधार ब्याजदर ११.११ प्रतिशत रहेको छ।