फरवार्ड माइक्रोफाइनान्सले शेयरधनीको खातामा पठायो नगद लाभांश

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) ले नगद लाभांश शेयरधनीको खातामा पठाएको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका शेयरधनीको खातामा नगद जम्मा गरिदिएको जनाएको छ ।

नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न समेत कम्पनीले आग्रह गरेको छ । हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुको हकमा भने अद्यावधिक भए पश्चात मात्र जम्मा हुने हुँदा यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन कम्पनीले अनुरोध गरेको छ ।

साथै, शेयर धितोमा राखी कर्जा लिएका शेयरधनीहरुको लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश भएपश्चात मात्र जम्मा गरिने समेत कम्पनीको सूचनामा उल्लेख छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

फरवार्डको गत पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।