आइतबार पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुन-कुनले गुमाए ?

0
Shares

फागुन ४ गते आइतबार शेयर बजार परिसूचक नेप्सेमा करिब २० अंकले सुधार आउँदा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुलिस बजारमा राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलोपर कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

राष्ट्रिय बीमा कम्पनी संस्थापक ८.८७ प्रतिशत, शिखर इन्स्योरेन्स ७.७१, सगरमाथा इन्स्यारेन्स ७.४३, इन्फिनिटी लघुवित्त ७.३९ प्रतिशत, र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.६९ प्रतिशतका दरले बढेको छ।

आइतबार कूल १७६ कम्पनीको शेयर कारोबार आएकोमा १२० कम्पनीको मूल्य बढेको छ । बुलिस बजारमा पनि ४२ कम्पनीको शेयरमूल्य भने घटेको छ ।

उता नबिल ब्यालेन्स फण्ड २, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स उच्च गुमाउने कम्पनीमा समेटिएका छन्। नबिल ब्यालेन्स फण्ड २को इकाईमूल्य ६.६७ प्रतिशत, सेन्ट्रल फाइनान्सको ५.८८, र जानकी फाइनान्सको ५.०२ प्रतिशतले शेयरमूल्य घटेको हो।

गुहेश्वरी मर्चेन्ट, नबिल इक्वीटी फण्ड, मल्टिपर्पस फाइनान्स, र ग्रीन डेभलपमेन्ट बैंक, एचआईसडसीएल, युनिलिभर नेपाल लिमिटेड, सानिमा इक्वीटी फण्डका शेयरधनी शिर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन्। यी कम्पनीको शेयरमूल्य ३.५७ देखि १.९६ प्रतिशतका दरले ओरालो लागेको छ।

आइतबार समेत गर्दा शेयर बजारमा लगातार चौंथो दिन डेढ अर्ब बढीको शेयर किनबेच हुँदा हिमालयन डिष्टिलरीको सबैभन्दा बढी १८ करोड बढीको कारोबार भएको छ ।

आइतबारको बजारमा १९.३९ अंकले बढेर नेप्से १ हजार ३६३ दशमलव ९७ बिन्दुमा पुगेको छ । १७६ कम्पनीको शेयर किनबेच भएको बजारमा ४१ लाख ५ हजार १३४ कित्ता शेयर १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भयो ।