सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको यस्तो छ सुनचाँदीको दरभाउ

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन ५ गते सोमबारका लागि छापावाल सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला प्रतितोला ८९० रुपैयाँ निर्धारण गरेको छ ।

सुनको मूल्य आइतबार कायम मूल्यमा नै स्थीर रहेपनि चाँदीको भाउ भने सोमबार प्रतितोला पाँच रुपैयाँले बढेको हो।  फागुन ४ गते आइतबार सुनको मूल्य पुनस ऐतिहासिक उचाई अर्थात तोलामा ५०० रुपैयाँ बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको थियो। तेजाबी सुन प्रतितोला ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ८८५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ आइतबारपछि सोमबार पुन ५ रुपैयाँले बढेको हो।

यसअघि पुस २३ गते सुनको मूल्य ७६ हजार ५०० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति: ५ फागुन २०७६, सोमबार  ११ : १४ बजे