ग्रामीण विकास लघुवित्तको आन्तरिक लेखापरिक्षण तालिम

0
Shares

ग्रामीण विकास लघुवित्त (GBLBSL) ले प्रभावकारी लेखा परीक्षण र प्रतिवेदन लेखन सम्बन्धी दुई दिने तालिम फागुन २ र ३ गते बुटवलमा सम्पन्न गरेको छ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थागत सुशासनलाई थप मजबुत बनाउन आन्तरिक लेखा परीक्षण विभागको ठूलो महत्व रहेको हुँदा यसलाई थप सशक्त बनाउन तालिमको आयोजना गरिएको बताए। आन्तरिक लेखा परीक्षणलाई आधुनिक र प्रभावकारी ढंगले ज्ञान प्रदान गर्ने उद्देश्य तालिमको रहेको उनको भनाई थियो।

यसैगरि नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक नरेन्द्रसिंह विष्ट लगायतका प्रशिक्षकले तालिममा आन्तरिक लेखा परीक्षणको प्रचलित आधुनिक व्यवस्था, जोखिम व्यवस्थापन र सोको आधारमा गरिने आन्तरिक लेखापरीक्षणको स्व?प, कार्यविधि, लेखापरीक्षण प्रतिवेदन लेखन विधि लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक तवरबाट प्रकाश पारेका थिए।

उक्त तालिममा संस्थाको आन्तरिक लेखापरीक्षण विभाग, क्षेत्रीय कार्यालय, इलाका र शाखा कार्यालयमा कार्यरत उपनिर्देशक, वरिष्ठ अधिकृत तथा सहायक अधिकृतहरू गरी कुल ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।