पुनर्बीमा र एनआरएन इन्फास्ट्रक्चरको आईपीओमा ‘बुक विल्डिङ’ लागू नहुने

0
Shares

नेपाल धितोपत्र बोर्डबाट हालै आईपीओ निष्काशनका लागि स्वीकृती पाएका नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड कम्पनीमा बुक विल्डिङ विधि लागू नहुने भएको छ ।

बोर्डले गत फागुन १ गतेदेखि लागू हुनेगरी धितोपत्र बजारका सम्बन्धका चार वटा नियमावली जारी गरेको थियो । जसमध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा फागुन १ पछि आईपीओ जारी गर्ने कम्पनीले बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्नसक्ने व्यवस्था गरिएको थियो।

तर, यी दुवै कम्पनीले पुरानै प्रक्रिया अनुसार आईपीओ निष्काशनका लागि अनुमति पाएकाले बुक विल्डिङ विधि लागू नहुने धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका सह प्रवक्ता रुपेश केसीका अनुसार पुनर्बीमा र एनआरएन इन्फास्ट्रक्चरले संशोधीत नियमावलीमा व्यवस्था भए अनुसार बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्ने प्रक्रिया पुरा नगरेकाले पुरानै विधि मार्फत आईपीओ निष्कासनको अनुमति दिईएको प्रष्ट पारे ।

धितोपत्र दर्ता ताथ निष्काशन नियमावलीमा बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्ने कम्पनी तीन आर्थिक वर्षसम्म लगातार खुद मुनाफा संचालनमा रहेको, संस्थाको साधारण सभाले बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्ने निर्णय गरेको, कम्पनीको प्रतिशेयर नेटवर्थ चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत कायम भएको तथा कम्तिमा औषत वा सो भन्दा माथिको क्रेडिट रेटिङ पाएको कम्पनीले मार्फत बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्न सक्ने व्यवस्था छ ।

 

नेपाल पुनर्बीमा कम्पनीले कुल एक अर्ब ६० करोड बराबरको एक करोड ६० लाख कित्ता तथा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएका छन् ।

पैसा तयार पार्नुहोस्, खुल्दैछ एक अर्ब ६० करोडको आईपीओ

एनआरएन इन्फास्ट्रक्चरलाई ३४ करोडको आईपीओ बेच्न बोर्डको अनुमति

संशोधीत नियमावलीमा बुक विल्डिङ विधिको माध्यमबाट प्रारम्भिक शेयर निष्कासन गर्नसक्ने व्यवस्था गरिएको भएपनि धितोपत्र बोर्डले अहिलेसम्म कार्यविधि भने तयार गरेको छैन् । बोर्डले यो त्रैमासिक अवधिभित्र कार्यविधि निमार्ण गरिसक्ने जनाएको छ।

कार्यविधि लागू भएपछि निष्काशन हुने आईपीओमा बुक विल्डिङ विधि लागू हुने तर अनिवार्य भने नहुने बोर्डका एक अधिकारीले बताए । कम्पनीहरुले दुवै प्रकारले आईपीओ जारी गर्न पाउनेछन्। बुक विल्डिङ विधि मार्फत आईपीओ जारी गर्न भने बोर्डले तोकेका मापदण्डहरु पुरा गर्नुपर्ने हुन्छ ।