एनआरएन इन्फास्ट्रक्चरलाई ३४ करोडको आईपीओ बेच्न बोर्डको अनुमति

0
Shares

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडलाई नियामक निकाय धितोपत्र बोर्डले प्रथामिक शेयर जारी गर्न अनुमति प्रदान गरेको छ।

बोर्डले एक सय रुपैयाँ अंकित दरमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ जारी गर्न अनुमति प्रदान गरेको हो।

जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने उद्देश्यले एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन्। यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ।

कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर १४.३ मेगावट, स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन २८.१ मेगावट, मध्य तमोर हाइड्रोपावर ५४ मेगावट र हिमालयन पावर पार्टनर २७ मेगावट, लगायतका परियोजनामा लगानी गरेको छ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ