लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

लक्ष्मी बैंक (LBL) को ऋणपत्र फागुन ६ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले यसअघि असोज २३ गते देखि कात्तिक २२ गतेसम्म बिक्री गरेको २ अर्ब रुपैयाँ बराबरको “१०% लक्ष्मी बैंक डिबेन्चर, २०८६” मंसिर १ गते बाँडफाँड भएको थियो। बाँडफाँडको गरेको १ महिना पश्चात बैंकले उक्त ऋणपत्र नेप्सेमा सूचीकरण गराएको हो।

बैंकको ऋणपत्रमा आवेदन गर्ने सबै आवेदकले मागेजति ऋणपत्र पाएका थिए। सर्वसाधारणमा बिक्री नभएको ऋणपत्र समेत थप गरी बैंकले व्यक्तिगत तवरबाट गरि सबै ऋणपत्र बिक्री गरेको थियो।

कूल निष्काशित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरबाट २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । १० वर्षे अवधिको उक्त ऋणपत्र २०८६ मा परिपक्व हुनेछ ।

लक्ष्मी बैंकले हाल मुलुकभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।