विहेको सिजनमा सुनको मूल्य बढ्दा खस्कियो व्यापार, किन बढ्दैछ भाउ ?

0
Shares

नेपाली बजारमा सुनको भाउले पुन ऐतिहासिक रेकर्ड बनाएको छ । बुधबार छापावल सुनको मूल्य प्रतितोला ७७ हजार एक सय र तेजाबी सुनको ७६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचँँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च भएको महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए ।

विहेको सिजनमा सुनको भाउ दैनिक उकालो लाग्न थालेपछि कारोबार प्रभावित भएको व्यवसायीहरु बताउँछन् । अघिले वर्ष फागुनमा दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्रि हुने गरेकोमा अहिले दैनिक २०/२२ किलोमा सिमित भएको शाक्यले बताए ।

कोरोना भाईरसका कारण विश्व अर्थतन्त्र सुस्ताउँदा त्यसको असर चौतर्फी देखिएको सुन व्यवसायीहरुको भनाई छ ।

विश्व बजारमा सुनको उत्पादन यथावत छ तर सुनमा लगानी गर्नेहरु बढेपछि अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १६ सय डलर नाघेको व्यवसायीहरु बताउँछन् । कोरोनाका कारण अन्तराष्ट्रिय शेयर बजार सुताएको र मानिसहरुले सुनमा लगानी गर्न खोज्दा भाउ आकासिएको व्यवसायी शाक्यले बताए।

 

प्रकाशित मिति: ७ फागुन २०७६, बुधबार  १३ : १९ बजे