बुधबारको शेयर बजारमा यस्ता छन् कमाउने र गुमाउने कम्पनी

0
Shares

शेयर बजारको सौन्दर्यता भनेकै घट्नु र बढ्नु हो। यस्तो हरेक लगानीकर्तालाई लाग्छ आफ्नो लगानी रहेको स्टकको प्राइस सँधै बढिरहोस्। तर अपवाद बाहेक सँधै एउटै स्टकको मूल्य बढिरहने भन्ने हुँदैन। कुनैपनि सकारात्मक सर्किट लागेर बढेको शेयरको मूल्य त्यसको भोलिपल्टै घट्न पुग्छ। कुनै कुनै शेयरको मूल्यमा भने निरन्तर दुई तीन दिनसम्म पनि कहिलेकाँही बढ्न सक्छ।

हेरौं बुधबारको बजारमा कुन-कुन कम्पनीको शेयरमूल्य बढ्यो कुन-कुन कम्पनीको घट्यो:-

बुधबार आशा लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। यसैगरि बोटलर्स नेपाल तराई र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूलय पनि करिब १० प्रतिशतले बढेको छ । कालिका लघुवित्तको शेयरमूल्यमा लगातार दोस्रो दिन सकारात्मक सर्किट लागेको हो।

यसैगरि सिभिल लघुवित्त वित्तीय संस्थाको ९.६४ प्रतिशत, हिमालयन डिष्टिलरीको ८.४७ प्रतिशत, साना किसान लघुवित्त ७.६२ प्रतिशत, घलेम्दी हाइड्रोपावर ७.२५ प्रतिशत, सर्पोट माइक्रोफाइनान्स ६.६७ प्रतिशत, आरएसडिसी लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशतले बढेको छ। शेयर मूल्य बढ्ने १० कम्पनीमा ७ कम्पनी लघुवित्त छन्। लघुवित्त उपसमूहको सूचक यसदिन सर्वाधिक ४.३४ प्रतिशतले बढेको छ।

उता मल्टिपर्पस फाइनान्सकको शेयर मूल्य सबैभन्दा धेरै साढे ९.५५ प्रतिशतले घटेको छ । प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य ३.५७ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ३.०९ प्रतिशतले घट्दा राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ इक्वीटी फण्ड, एनआईबिएल समृद्धि फण्ड १, राष्ट्रिय बीमा कम्पनी संस्थापक, ग्रीन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र नबिल इक्वीटी फण्डको इकाईमूल्य पनि २ प्रतिशत बढीले घटेको छ ।
बुधबारको बजारमा कूल १७७ कम्पनीको शेयर कारोबारमा आएकोमा ६० कम्पनीको शेयरमूल्य घट्दा ९० कम्पनीको शेयरमूल्य बढेको छ। २७ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

नेप्से परिसूचक ५.२४ अंक बढेर बुधबार १ हजार ४०५ दशमलव २५ बिन्दुमा पुगेको छ। १७७ कम्पनीको ३४ लाख ५५ हजार कित्ता शेयर १५ हजार ५३ पटक खरीद बिक्री हुँदा १ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।शिवम् सिमेन्टको सबैभन्दा बढी १४ करोड ७१ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको१२ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।