प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको फागुन ८ गते बिहीबार सम्पन्न सञ्चालक समितिको २७७ औं बैठकले कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्दा जगेडा तथा कोषहरुको व्यवस्था गर्नुपर्ने भएकाले गत आवको लागि लाभांश। बोनस वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिब महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए।

प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ करोड ७७ लाख रुपैयाँले खुद नाफा बढाएर २४ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको थियो।