डिप्रोक्स लघुवित्तले बाँड्यो नगद लाभांश

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गरेको १५ प्रतिशत नगद (नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर सहित) लाभांश वितरण गरेको छ।

कम्पनीले फागुन १ गतेदेखि साधारण सभाका लागि बुकक्लोजको समयसम्म हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नै उक्त नगद लाभांश वितरण गरेको जनाएको छ।

लघुवित्तले हालसम्म पनि कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन भनेको छ । यस्तै शेयर धितो राखेर कर्जा लिएका शेयरधनीलाई सम्बन्धित संस्थाबाट स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) लघुवित्तको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गरी नगद लाभांश लिन अनुरोध गरेको छ।

लघुवित्तको माघ २६ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट २५ प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद लाभांश पारित गरेको थियो।