तीन कम्पनीको शेयरमूलयमा सर्किट लागेको बजारमा यस्ता छन् शिर्ष कमाउने र गुमाउने कम्पनी

0
Shares

लगातार ७ कारोबार दिनसम्म बढेको नेप्सेमा आठौं दिनमा सामान्य करेक्शन आएको बजारमा पनि आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसदिन कालिका माइक्रोक्रेडिट लघुवित्त, मञ्जुश्री फाइनान्स, र युनियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। यसैगरि आरएसडिसी लघुवित्त र नेपाल हाइड्रो डेभलोपर कम्पनीको शेयरमूल्य पनि ६ प्रतिशतले बढ्यो।

यसैगरि एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, लक्ष्मी इक्वीटी फण्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको भाउ पनि ३ प्रतिशत बढीले सुधारिएको छ।

उता सोमबारको बजारबाट गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.५३ प्रतिशतले घटेको छ। गत आवको मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने घोषणा गरेपछि प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य पनि ७.१५ प्रतिशतले अवमूल्यन भएर प्रतिकित्ता ७०१ रुपैयाँमा झरेको छ।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकको शेयरको भाउ ५ प्रतिशतले घट्दा सिभिल लघुवित्त, पोखरा फाइनान्स, युनाइटेड इन्स्योरेन्स, गुँरास लघुवित्त, सिनर्जी पावर र कामना सेवा विकास बैंकको शेयरमूल्य पनि ४ प्रतिशतका खरले घटेको छ ।

लगातार सात दिन १५९ अंकले बढेपछि आठौं दिनमा नेप्सेमा २ अंकको गिरावट आएको हो। यससँगै नेप्से १ हजार ५०२ दशमलव १८ बिन्दुमा बन्द भएको छ । १७९ कम्पनीका ८३ लाख ४८ हजार कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भए।

कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये बैंकिङ्ग, उत्पादन र अन्य बाहेक सबै घटेका छन्। निर्जीबन बीमा ३ प्रतिशत बढीले घट्दा ब्यापार, लघुवित्त, होटल र जलविद्युत्तको सूचक पनि १ प्रतिशत बढीले ऋणात्मक भएका छन्।

सोमबारको बजारमा एनएमबि बैंकको २० करोड ४३ लाखको शेयर कारोबार हुँदा शिवम् सिमेन्ट, शिखर, प्रिमियर र नेपाल लाईफ इन्स्योरेन्स तथा एनआईसी एशिया बैंक र हिमालयन डिष्टिलरीको १० करोड बढीको शेयर खरीद बिक्री भएको छ।