मंगलबार १६१ कम्पनीको शेयरमूल्य बढ्यो, १३ कम्पनीको शेयरमूल्य सर्किट लाग्दा कसले गुमायो ?

0
Shares

शेयर बजार परिसूचक उच्च अंकले बढ्दा मंगलबार २८ महिना पछिकै उच्च अंकमा नेप्से पुगेको छ । कारोबारमा आएका १८० कम्पनीमध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९ कम्पनीका मात्र शेयरमूल्य घटेको छ ।

यसदिन गुराँस लाईफ, स्वदेशी लघुवित्त, हिमालय डिष्टिलरी, युनिलिभर नेपाल, शिखर इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, नेशनल हाइड्रोपावर, अरुण भ्याली, अपि पावर, राधी विद्युत कम्पनी, मञ्जुश्री फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हाइड्रोइलेक्ट्रोसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेर सर्किट लागेको हो।

यसदिन ९ कम्पनीको मात्र शेयरमूल्य घटेको छ । दिब्यश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घट्दा प्रोगेशिभ फाइनान्स, रिलायन्स फाइनान्स, एभरेष्ट बैंक कन्टन्टियल प्रिफेन्सियल, एनआईबिएल प्रगति फण्डको शेयरमूल्य पनि १ प्रतिशत बढीले गिरावट आएको छ।

पाँचथर पावर कम्पनी, सोल्टी होटल, प्राइम कमर्सियल बैंक, कालिका माइक्रोक्रेडिट लघुवित्तको शेयरमूल्यमा पनि सामान्य ह्रास आएको छ।
मंगलबार नेप्से ४३.०२ अंकले बढेर १ हजार ५४५ दशमलव १९ को बिन्दुमा पुगको छ । यस्तै १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार रुपैयाँमा खरीद बिक्री भएका छन्।

कारोबारमा आएका १२ वटै उपसमूहका परिसूचकमा हरियाली छाउँदा आजको बजारमा जीवन बीमा उपसमूहको सूचक सबैभन्दा बढी ७.७८ प्रतिशतले उचाालिएको छ ।

यस्तै अन्य ६.७७, व्यापार ४.९९, निर्जीबन बीमा ४.३७, जलविद्युत ४.३४, उत्पादनमुलक समूहमा ३.९९ तथा लघुवित्तको सूचकमा ३ प्रतिशत बढीको उच्च वृद्धि देखिएको छ । यसैगरि वित्त २.७९, विकास बैंक २.२८, बैंकिङ्ग १, म्युचुअल फण्ड ०.८५ र होटल ०.८५ प्रतिशतले बढेको छ।