राष्ट्र बैंकले घटायो सहयोगी विकास बैंकको लाभांश

0
Shares

सहयोगी विकास बैंक (SBBLJ) का शेयरधनीले पाउने लाभांश घटेको छ । कार्तिक १६ गते शनिबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आव २०७५/७६ को मुनाफाबाट १९.३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा केन्द्रीय बैंकले १८.७२१५ प्रतिशत मात्र वितरण गर्न अनुमति दिएको हो।

यससँगै बैंकका शेयरधनीले यसअघि प्रस्तावित लाभांशभन्दा ०.५७८५ प्रतिशत कम लाभांश मात्र पाउनेछन्। अब बैंकले कूल ९ करोड ५४ लाख १७ हजार ५५६ रुपैयाँ ६० पैसा वितरण गर्न पाउनेछ।

बैंकलाई सिटिजन्स बैंकले प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। सिटिजन्स बैंकमा विलय हुने प्रकृयामा रहेको कारणले बैंकलाई पूँजीवृद्धि गर्न आवश्यक नरहेकाले गत आवको मुनाफाबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

सहयोगी विकास बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा १७.७४ प्रतिशतले खुद नाफा बढाएर १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।