मंगलबारको बुलिस बजारमा कुन ब्रोकरले कति गरे कारोबार ?

0
Shares

फागुन १३ गते मंगलबारबार शेयर बजारमा २ अर्ब ९९ करोडको कारोबार भएको छ । गत साता ११ अर्बको शेयर कारोबार भएको शेयर बजारमा यस साताको ३ दिनमा नै कारोबार रकम १० अर्ब नाघिसकेको छ।

बुलिस बजारमा कुन कुन ब्रोकरबाट धेरै शेयर कारोबार भैरहेको छ भन्ने उत्सुकता जाग्नु स्वभाविक नै हो। यसअनुसार हामीले आज ५० ब्रोकर कम्पनीमध्ये शिर्ष कारोबार गर्ने १५ ब्रोकर कम्पनीलाई समेटेर यो समाग्राी तयार पारेका छौं।

मंगलबार पनि शेयर बजारमा ब्रोकर नम्बर ५८ को नाशा सेक्युरिटीले नै ३६ करोड बढीको कारोबार गर्दै सबैभन्दा अग्र स्थानमा देखिएको छ।यस ब्रोकरले आज २२ करोड ५२ लाख रुपैयाँको शेयर खरीद गरेको छ भने १३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेको छ।
यस ब्रोकर कम्पनीबाट आइतबार र सोमबार पनि क्रमश: ३८ करोड ४१ लाख र ४७ करोड ५८ लाख बराबरको शेयर खरीद बिक्री भएको थियो।

यसैगरि मंगलबारको बजारमा ब्रोकर नम्बर ४४ को डायनामिक मनि चेञ्जरले दोस्रो ठूलो कारोबार गरेको छ । यस ब्रोकरले ३१ करोड १० लाख बराबरको शेयर कारोबार गरेको हो। जसमध्ये १३ करोड ७३ लाख रुपैयाँ बराबरको खरीद गरेको छ भने १७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेको छ ।

पचास ब्रोकर कम्पनीमध्ये पन्ध्रौं ठूलो कारोबार गर्ने ब्रोकर कोहिनुर सेक्युरिटीज एण्ड इन्भेष्मेन्ट रहेको छ। यस ब्रोकरले ७ करोड ११ लाखको खरी गर्दा ८ करोड १५ लाख रुपैयाँ बराबरको बिक्री गरेर कूल १५ करोड २६ लाख बराबरको कारोबार गरेको हो।

आज कारोबारमा आएका १८० कम्पनीमध्ये १६१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। नेप्से ४३.०२ अंकले बढेर १ हजार ५४५ दशमलव १९ को बिन्दुमा पुगको छ।