सुनको भाउ बिहीबार फेरि बढ्यो, चाँदीमा भने थप गिरावट

0
Shares

फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर मंगलबार र बुधबार प्रतितोला ८०० रुपैयाँले घटेकोमा बिहीबार जुन २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १५ गते बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार ४०० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार बिहीबर चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ९०० मा झरेको छ। बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ९०५ मा कारोबार भएको थियो।

गत फागुन १ गते ७६ हजार रुपैयाँमा रहेको सुनको भाउ दुई साताको अवधिमै फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँ पुगेको थियो। त्यसयता भने सुनको भाउमा उतारचढाव आइरहेको छ।

प्रकाशित मिति: १५ फागुन २०७६, बिहीबार  ११ : २७ बजे