सुनको भाउमा आइतबार उच्च गिरावट

0
Shares

फागुन १८ गते आइतबार सुनको भाउ ह्वात्तै घटेको छ। आइतबार मात्रै सुन प्रतितोला १ हजार २०० रुपैयाँले गिरावट आएको हो। यस्तै चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७७ हजार ७०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार शुक्रबार चाँदीको भाउ पनि घटेर प्रतितोला ८६० रुपैयाँमा झरेको छ।

महासंघका अनुसार फागुन १६ गते शुक्रबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ, तेजावी सुन प्रतितोला ७८ हजार ९०० रुपैयाँ र चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

फागुन १२ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु अर्थात प्रतितोलाको ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसपछिका दिनमा सुनको भाउ क्रमश घट्न थालेको हो।

प्रकाशित मिति: १८ फागुन २०७६, आइतबार  १२ : ०२ बजे