आइतबार १५९ कम्पनीको शेयरमूल्य घट्दा दुईमा भने सकारात्मक सर्किट

0
Shares

शेयर बजार परिसूचक १५ औं काारबोर दिनपश्चात उच्च अंकले घटेको छ । यसअघि माघ २६ गते १३.७० अंकले बजार ऋणात्मक भएकोमा त्यसको १५ करोबार दिन पश्चात फागुन १८ गते आइतबार बजारमा उच्च अंकको गिरावट आएको हो।

यसबीचमा शेयर बजार सूचक नेप्सेमा फागुन १ गते १.३८ अंक र फागुन १२ गते १.९६ अंकको झिनो करेक्शन आएको थियो। सो बाहेक नेप्सेमा निरन्तर वृद्धि कायम रहेको थियो।

फागुन १८ गते आइतबार शेयर बजार परिसूचक नेप्सेमा ४०.८१ अंकको उच्च करेक्शन आउँदा पनि आजको बजारमा कारोबारमा आएका १८३ कम्पनीमध्ये १४९ कम्पनीको शेयरमूल्य घटेको छ। बोटलर्स नेपाल तराईको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। आइतबार मात्रै यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५६ रुपैयाँ घटेर ७ हजार ७१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसैगरि स्वाभिमान लघुवित्तको ८.९० प्रतिशत, युनिभर्सल पावर र जोशी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशत धेरैले अवमूल्यन भएको छ । वोमी, एनएमबि, सर्पोट माईक्रोफाइनान्स, ङादी ग्रुप पावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक, पञ्चकन्या माई हाइड्रोपावर, कालिका लघुवित्त, विजय लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत धेरैले घटेको हो।

ऋणात्मक बजारमा पनि दुई कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बजार ओरालो लागेपनि यस दिन मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। मितेरीको शेयर ४१ रुपैयाँले बढेर ४५५ पुगेको छ भने मञ्जुश्रीको २५ रुपैयाँले बढेर प्रतिकित्ता २७८ रुपैयाँ पुगेको छ।

यसैगरि एक्सेल डेभलपमेन्ट बैंकको ६.६२ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ४.३५ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशत बढीले बढेको छ। आइतबारको बजारमा कूल १८३ कम्पनीको शेयर कारोबारमा आएकोमा २० कम्पनीको मात्र शेयरमूल्य बढेको हो।

यो पनि पढ्नुहोस्………………………

 

प्रकाशित मिति: १८ फागुन २०७६, आइतबार  १६ : १९ बजे