सहयोगी विकास बैंकको १०० बराबर सिटीजन्सको ९१.७५ कित्ता शेयर

0
Shares

सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउने भएका छन् ।

सिटिजन्स बैंकसँग विलय हुन लागेको सहयोगीले उक्त प्रस्ताव पारित गर्न चैत १० गते १६ औं वार्षिक साधारण सभा राखेको छ । उक्त सभाले सिटिजन्स बैंकसंग विलय हुने प्रस्ताव पारित गर्नेछ ।

सहयोगीको १०० कित्तालाई सिटिजन्सले ९१.७५ कित्ता दिने शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) लाई साधारण सभा मार्फत अनुमोदन गरिने बैंकले जनाएको छ। सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई १८.७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्सको कुल शाखा सय नाघ्नेछ भने निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ तथा ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ।