एनएमबि लघुवित्तको हकप्रद शेयर सूचीकृत

0
Shares

एनएमबि लघुवित्त (NMBMF) को हकप्रद शेयर फागुन १८ गते आइतबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

लघुवित्तले यस अघि जारी गरेको चुक्ता पूँजीको प्रतिशत बराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद आइतबार सूचीकृत भएको हो। यससँगै लघुवित्तको हकप्रदका लागि बुकक्लोजसम्म कायम रहेका लगानीकर्ताले आफ्नो डिक्याट खातामा उक्त हकप्रद आउनसाथ धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।

लघुवित्तले कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १० बराबर १५ कित्ता अनुपातमा सो हकप्रद जारी गरेर पुस २० गते बाँडफाँड गरेको थियो। लघुवित्तको शेयर फागुन १८ गते आइतबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता १ हजार ४२ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १० : ३० बजे