शेयर बजारमा डरलाग्दो पहिरो, डेढ घण्टामै ६० अंक झर्यो

0
Shares

साताको दोस्रो दिन सोमबारको शेयर बजारमा पहिरो चलेको छ ।

आइतबार ४० दशमलव ८२ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार डेढ घण्टाकै अवधिमा ६० अंक बढीले ओरालो लागेको छ ।

कारोबार खुलेसँगै ओरालो लाग्न शुरु भएको नेप्सेमा खरिद चाप बढेपछि शेयर मूल्य ओरालो लाग्दा नेप्से सूचकमा उच्च गिरावट आएको हो । कारोबारमा सबै समूहको सूचक घटेको बजारमा आधा दर्जन बाहेक सबै कम्पनीको शेयर मूल्य ओरालो लागेको छ।

कारोबार खुलेको पहिलो डेढ घण्टामा नेप्से परिसूचक ६१ अंकले घटेर १ हजार ५२२ अंकमा झरेको छ । नेप्से परिसूचकमा ओरालो लागे पनि शेयर कारोबार भने राम्रै छ । डेढ घण्टामा डेढ अर्ब बढीको कारोबार भएको छ।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १२ : ३३ बजे