दुई वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार दुई वाणिज्य बैंक सहित चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नबिल बैंक, सिद्धार्थ बैंक, कञ्चन डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको बोनस सूचिकृत भएको हो।

नेप्सेका अनुसार चार कम्पनीको कुल २ करोड ६ लाख कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो। नविल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता बोनस सेयर सूचिकृत भएको हो भने सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६.०२ कित्ता बोनस थपिएको हो।

त्यस्तै कञ्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० कित्ता बोनस शेयर तथा सबैको लघुवित्तको २ लाख १४ हजार ५०० कित्ता बोनस शेयर थपिएको हो।

उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।