सुनको भाउ कीर्तिमानी उचाईमा, डलरको भने सामान्य घट्यो

0
Shares

नेपाली बजारमा सुनको भाउ दैनिक बढ्ने क्रममा मपुनस् ऐतिहासिक रेकर्ड कायम भएको छ। बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ८० हजार ७ सय रुपैयाँ पुगेर हालसम्मकै महङ्गो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २२ गते बिहीबार सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो। चाँदीको भाउ भने अघिल्लो दिनकै मूल्यमा स्थिर रहेको छ ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८० हजार ७ सय रुपैयाँ छ भने तेजावी सुनको भाउ प्रतितोला ८० हजार ४ सय रुपैयाँ तोकिएको छ। चाँदीको भाउ प्रतितोला ८८० रुपैयाँमा छ। विश्वमा फैलिएको कोरोना भाईरसका कारण सुनको मूल्यमा ऐतिहासिक उचाईमा चुमेको हो।

डलरको भाउ भने सामान्य घट्यो

उता नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र (चीन, अमेरिका, युरोप, जापान) नै प्रभावित हुन थालेपछि पछिल्लो अमेरिकी डलरको भाउ पनि निरन्तर बढ्न थाल्दा नेपाली मुद्रा कमजोर बन्न थालेको छ। बुधबारको तुलनामा बिहीबार भने डलरको भाउ सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले विहीबारको लागि डलरको बिक्री मूल्य ११७ रुपैयाँ ४६ पैसा कायम गरेको छ । बुधबार डलरको बिक्री मूल्य ११७ रुपैयाँ ५८ पैसा पुगेको हो।