ग्रामीण विकास लघुवित्तमा नायब सीईओको दरखास्त आह्वान

0
Shares

ग्रामीण विकास लघुवित्तले संस्थामा रिक्त रहेको नायब प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ। सो पदमा कम्तिमा स्नातक उपाधि हासिल गरि आवश्यक योग्यता पुगेका उम्मेदवारले आवेदन गर्न सक्नेछन्।

जसका लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, मौद्रिक, बैंकिङ्ग, वित्तीय, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, गणित शास्त्र, व्यापार प्रशासन, कानुन विषयमा उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

यसका अतिरिक्ति नेपाल सरकार वा बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिल्ला तहमा ५ वर्ष कार्यानुभव भएकालाई प्राथमिकता दिइने सूचना उल्लेख छ।

विगतमा पाँच विकास क्षेत्रमा रहेका लघुवित्त संस्थाहरु मिलाएर ग्रामीण विकास लघुवित्त बनाइएको थियो।