धितोपत्र बोर्ड कर्माचारी यूनियनमा तोलाकान्त न्यौपाने

0
Shares

नेपाल धितोपत्र बोर्डको कर्मचारी यूनियनमा तोलाकान्त न्यौपानेको तेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । यूनियनको शुक्रबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनले तोलकान्त न्यौपानेलाई आगामी ४ वर्षका लागि यूनियनको नेतृत्वमा सर्वसम्मत रुपमा सुम्पेको हो। विगत १४ वर्ष देखि राजु जिसीको नेतृत्वमा रहेको बोर्डको कर्मचारी यूनियन शुक्रबारदेखि नयाँ नेतृत्वको हातमा आएको हो।

बोर्ड कर्मचारि यूनियनको नयाँ कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन सँगसँगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए।

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  २० : ०१ बजे