सुन मूल्य फेरि रेकर्ड, चाँदीको भाउ भने घट्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा फागुन २३ गते शुक्रबार हालसम्मकै उच्च भएकोमा फागुन २७ गते सो रेकर्ड समेत तोडिएको छ । आइतबार शुक्रबारको भाउमा कारोबार भएको सुन मंगलबार प्रतितोला थप २०० रुपैयाँले महङ्गीएको हो।

नेपाल सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन २७ गते मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ७ ०० रुपैयाँ निर्धारण गरेको छ ।

यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार ४०० रुपैयाँ र चाँदी ८८० रुपैयाँ कायम गरिएको छ । चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले सस्तो भएको हो।

कोरोना भाइरसको असरबाट विश्व अर्थतन्त्र प्रभावित र अन्तराष्ट्रिय बैंक ब्याजदरमा आएको कमिले सुनको भाउले नेपाली बजारमा पनि रेकर्डमाथि रेकर्ड कायम गर्दै आइरहेको छ । यता नेपाल राष्ट्र बैंकले बैंकहरुले सुन धितोमा निक्षेप लिन पाउने व्यवस्था गरेपछि सुन मूल्य झनै आकासिएको छ।

फागुन यता मात्रै सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँले बढिसकेको छ। फागुन १ गते बिहीबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भउको छापावाल सुनको भाउ फागुन २७ गते आइतपुग्दा ८२ हजार ७०० रुपैयाँ पुगेको हो। गत साता मात्रै सुन ३ हजार ३०० रुपैयाँले महङ्गिएको थियो।

आइतबार भने छापावला सुनको मूल्य प्रतितोला ८२ हजार ५००, तेजावी सुनको भाउ ८२ हजार २०० र चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भएको थियो। सोमबार फागुपूर्णिमाको सार्वजनिक विदा रहेका कारण आइतबारकै भाउमा कारोबार गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।