सुनको मूल्य घट्यो, चाँदीको भाउ भने स्थीर

0
Shares

सुनको भाउ फागुन २८ गते बुधबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । मंगलबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार भने घटेको हो। आज चाँदीको मूल्य भने स्थीर रहेको छ ।

नेपाल सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ।

यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार रुपैयाँ र चाँदी ८८० रुपैयाँ कायम गरिएको छ ।

नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा फागुन २३ गते शुक्रबारको रेकर्ड तोड्दै फागुन २७ गते २०० रुपैयाँले महङ्गीएर हालसम्मकै उच्च भएको थियो।  मंगलबार सुन छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ७०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार ४०० रुपैयाँ र चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो।

कोरोना भाइरसको असरबाट विश्व अर्थतन्त्र प्रभावित र अन्तराष्ट्रिय बैंक ब्याजदरमा आएको कमिले सुनको भाउले नेपाली बजारमा पनि रेकर्डमाथि रेकर्ड कायम गर्दै आइरहेको छ । यता नेपाल राष्ट्र बैंकले बैंकहरुले सुन धितोमा निक्षेप लिन पाउने व्यवस्था गरेपछि सुन मूल्य झनै आकासिएको छ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १० : ५८ बजे