सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्काउने पक्राउ

0
Shares

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम पड्काउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बम बिस्फोटमा संलग्न रहेका प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बाँस्कोटाको घरमा रिमोट कन्ट्रोलबाट प्रेसर कुकर बम विस्फोट गराइएको खुलेको छ ।

पक्राउ परेका गुरुङलाई थप अनुसन्धान गर्न टेकुमा ल्याइएको छ। बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको घरमा गराइएको विष्फोटमा पनि गुरुङको संलग्नता रहेको दाबी प्रहरीको छ ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १२ : २६ बजे