सिन्धु विकास बैंकको बोनस झिनो घट्यो

0
Shares

सिन्धु विकास बैंक (SINDU) को बोनस झिनो अनुपातमा घटेको छ। बैंकले यसअघि प्रस्ताव गरेको भन्दा ०.०२८८ प्रतिशतले कम बोनस वितरण गर्ने भएको हो। बैंकको कूल लाभांश रकममा कुनै फरक नपरेपनि कर प्रयोजनका लागि यसअघि छुट्टाएको नगद लाभांश अपुग भएपछि बैंकले बोनसको दरलाई केही घटाएको हो।

बैंकको माघ १७ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट ११ दशमलव ५१३९ प्रतिशत (५ करोड ७५ लाख ७२ हजार ६८२ दशमलव २५ रुपैयाँ) लाभांश र कर प्रयोजनका लागि ०.५७५ प्रतिशत (२८ लाख ७८ हजार ६३४ दशमलव ११ रुपैयाँ) नगद लाभांश पारित भएको थियो।

बैंकले यसअघि प्रस्ताव गरेको कूल लाभांशमध्ये नगद लाभांशको कर गणना गर्दा फरक (१ लाख ४३ हजार ९३१ दशमलव ७१ रुपैयाँ कम) भएकाले राष्ट्र बैंकबाट कूल स्वीकृत लाभांश ६ करोड ४ लाख ५१ हजार ३१६. ३६ रुपैयाँबाट ३० लाख २२ हजार ५६५ दशमलव ८२ रुपैयाँ कर घटाई ११.४८५१ प्रतिशत बोनस शेयर मात्र वितरण गर्ने बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १४ : १६ बजे