अठार कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बढ्यो, गुमाउनेमा २३ कम्पनी

0
Shares

शेयर बजारमा आएको उच्च गिरावट पश्चात बुधबार ७३.७८ अंकले बढ्दा कारोबारमा आएका १८० कम्पनीमध्ये १४९ कम्पनीको शेयरमूल्य बढेको छ। यसदिन १८ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट नजिक पुगेको हो।

बुधबारको बजारमा स्वाभिमान लघुवित्त, साल्ट ट्रेडिङ्ग, लक्ष्मी लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्टस्, महिला सहयात्रा लघुवित्त, युनाइटेड फाइनान्स, फस्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, राष्ट्रिय बीमा कम्पनी संस्थापक शेयर, रैराङ हाइड्रोपावर, एशियन लाईफ इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, र स्ट्याण्डर्ड चार्टड बैंक नेपालको शेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको हो।

यसैगरि आजको बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९.३५ प्रतिशतले घटेर ९७ रुपैयाँमा झरेको हो। नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावरको ५ प्रतिशत बढीले शेयरमूल्य घट्दा एनआईबिएल समृद्धि फण्ड १, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनएमबि हाइब्रिड फण्डएल १, बरुण हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड २, एनआईबिएल प्रगति फण्ड र नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य घटेर धेरै शेयरमूल्य घट्ने दश कम्पनीको सूचीमा अटाएका छन्।

कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्य स्थीर रहँदा २३ कम्पनीको शेयरमूल्य घटेको छ। बजारमा आएको उच्च सुधारसँगै नेप्से १ हजार ४२३ दशमलव ०९ बिन्दुमा पुगेको छ। बजारमा आएको उच्च सुधारसँगै बुधबार ब्यापार ८ प्रतिशत, निर्जीबन बीमा ७, जीबन बीमा र होटल ६, बैंकिङ्ग, जलविद्युत्त, र लघुवित्तको सूचक ५ प्रतिशत बढीले सुधारिएको छ । म्युचुअल फण्डको सूचक मात्र सामान्य घटेको छ।

प्रकाशित मिति: २८ फागुन २०७६, बुधबार  १५ : ४७ बजे