सुनको भाउ दोस्रो दिन पनि घट्यो, चाँदीमा पनि गिरावट

0
Shares

लगातार उकालो लागेको सुनको भाउ दोस्रो दिन पनि घटेको छ । बुधबार प्रतितोला ४०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार थप ८०० रुपैयाँ सस्तो भएको हो। यस्तै बिहीबार चाँदी पनि प्रतितोला २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले फागुन २९ गते बिहीबारका लागि छापावाल सुनको भाउ प्रतितोला ८१ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ।

यसैगरि तेजाबी सुनको मूल्य प्रतितोला ८१ हजार २०० रुपैयाँ र चाँदी ८६० रुपैयाँ कायम गरिएको छ । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्ने क्रममा फागुन २३ गते शुक्रबारको रेकर्ड तोड्दै फागुन २७ गते २०० रुपैयाँले महङ्गीएर हालसम्मकै उच्च मूल्यमा (ऐतिहासिक रेकर्ड) मा पुगेको थियो।

बुधबार सुन छापावाल सुनको भाउ प्रतितोला ८२ हजार ३०० रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार रुपैयाँ र चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन बुधबार चाँदी प्रतितोला ८८० रुपैयाँमा खरिद बिक्री भएको थियो।

कोरोना भाइरसको असरबाट विश्व अर्थतन्त्र प्रभावित र अन्तराष्ट्रिय बैंक ब्याजदरमा आएको कमिले सुनको भाउले नेपाली बजारमा बढेको थियो।

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  ११ : २० बजे