सुनको भाउ एकैदिन प्रतितोला ३ हजार रुपैयाँले घट्यो

0
Shares

यो साताको अन्तिम दिन शुक्रबार सुनको भाउमा प्रतितोला ३ हजार रुपैयाँले घटेको छ ।

बिहिबार तोलाको ८१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार रुपैयाँले घटेर ७८ हजार ५ सयमा झरेको छ ।

यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ हजार रुपैयाँले घटेर ७८ हजार २ सय रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर ८२० रुपैयाँमा झरेको छ ।

गत मंगलबार सुनको हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको थियो। अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १५८०.०८ डलर कायम भएको छ ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  ११ : ४० बजे