सोमबार सुनको भाउ ५०० रुपैयाँ बढ्यो, चार हजार पाँच सयले घटेपछि वृद्धि

0
Shares

पछिल्ला दुई दिनमै प्रतितोला ४ हजार ५०० रुपैयाँले सस्तो भएको सुनको भाउ चैत ३ गते सोमबार भने प्रतितोला ५०० रुपैयाँले बढेको छ। यसअघि शुक्रबार ३ हजार र आइतबार एक हजार ५०० रुपैयाँले सुनको भाउ घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार ५०० रुपैयाँ तोकेको छ । यसैगरि तेजावी सुनको भाउ पनि आइतबारको तुलनामा तोलामा ५०० सय रुपैयाँले बढेर ७७ हजार २०० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ७९० रुपैयाँमा कायम छ । चाँदीको भाउ भने स्थीर रहेको छ।

फागुन २७ गते मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको थियो। अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  १० : ५० बजे